+
+

नारायणी नदी किनारका अनधिकृत संरचना हटाउन भरतपुर महानगरको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १२:०७

७ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ ।

आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले भनेको छ ।

महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ । नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।

सार्वजनिक जग्गामा विभिन्न समयमा पहुँचका भरमा बनेका यस्ता संरचना हटाउनुपर्ने चुनौती महानगरलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?