+
+

भारतीय फिल्म रोक्ने बालेनको निर्णयविरुद्धको मुद्दा न्यायाधीश चन्दको एकल इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १२:२५
मेयर बालेन शाह । फाइल तस्वीर

काठमाडौं । भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए ।

संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले यो मुद्दामा आजै आदेश आउन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार यो मुद्दामा मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो ।

मेयर शाहको निर्देशनमा सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो । उनको निर्णयको सिको गर्दै पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकालगायतले पनि आदिपुरुषमा समावेश डायलग नसच्चाएसम्म भारतीय फिल्म रोक्ने निर्णय गरेका थिए ।

यसैबीच मेयर शाहविरुद्ध नागरिक उड्डयन प्राधिकरणले दायर गरेको प्रतिषेध मुद्दा पनि न्यायाधीश चन्दकै इजलासमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?