+
+

टिपरको ठक्करबाट रंगेलीमा वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १२:५६

७ असार,विराटनगर । टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो ।

भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार राति मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले बताए ।

टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?