+
+

कलेजका विद्यार्थीमाझ फिल्म प्रचार गर्दै विजय लामा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १३:२१

काठमाडौं । पाइलट समेत रहेका अभिनेता विजय लामाको यतिबेलाको दैनिकी जहाज उडानमा छैन । उनी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रवर्द्धनमा व्यस्त छन् । काठमाडौं उपत्यकाका विभिन्न कलेजमा पुग्दै उनले विद्यार्थीमाझ फिल्म प्रचार गर्दैछन् ।

राजधानीका एक दर्जन कलेजमा पुगेर लामासहित फिल्मका कलाकारले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरे । जहाज उडानको तालिकाबाट फुर्सद निकालेर उनी फिल्ममा जुटेका हुन् । उनीसँगै कलाकारहरु दीया पुन, रेश्मा घिमिरे, त्रिचु राई, एवन उप्रेती र निर्देशक प्रदीप शाही समेत प्रवर्द्धनमा व्यस्त छन् ।

उनीहरुले काठमाडौंका क्याम्पियन, ग्लोबल, कान्तिपुर, राजधानी मोडल, क्वेस्ट, डन बस्को, जेभियर, नेपाल एयर होस्टेज, नर्दन लाइट, अथर्व बिजनेस कलेजमा पुगेर फिल्मको प्रचार गरे । उनले विद्यार्थीलाई जीवन जिउने कला पनि सिकाइरहेका छन् । ‘आदर्श नारी’ फिल्मबाट अभिनयमा डेब्यु गरेका लामाको पछिल्लो फिल्म ‘स्कुल’ हो । मिलन चाम्सको निर्देशनमा ‘वर एण्ड वधु’को छायांकन भइरहेको छ, जहाँ उनको शीर्ष भूमिका छ ।

‘अन्तिम संस्कार’मा उनले एक पिताको भूमिका निर्वाह गरेका छन् । हराएको छोरा खोज्न निस्किएको एक पिता जसले छोरासँग संवाद गर्छ । यो फिल्मका लागि लामाले १८ किलो तौल घटाएका छन् । फिल्ममा लामाले न्युड सिन पनि दिएका छन् । लामो समयदेखि विदेशी फिल्मको वितरणमा सक्रिय एप्पल इन्टरटेनमेन्टले यसलाई देशव्यापी प्रदर्शन गर्न लागेको हो । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी शुक्रबार प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?