+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्युत प्राधिकरणका पूर्व मेकानिकल इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १५:२१

७ असार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरु विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ नब्बे पैसा खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।

जबकी उनको बैध आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा मात्र भएको अख्तियारले बताएको छ। यादवले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ।

गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मंजुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?