+
+

मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीलाई जापानमा इन्टर्नसीप गराउने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १०:५४

७ असार, काठमाडौं । मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले जापानमा इन्टर्नसीप गर्न पाउने भएका छन् ।

काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीलाई जापानका कम्पनीमा इन्टर्नसीपको अवसर दिलाउने सम्बन्धमा कलेज र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आइम्याक इन्जिनियरिङ जापानको टोकियोमा रहेको कम्पनी हो ।

मोर्गन इन्टरनेसनल कलेजमा आयोजित एक कार्यक्रममा क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारी र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशक मासाकी ओसास्कीले इन्टर्नसीपसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीको दक्षता अभिवृद्धीमा योगदान पुगोस भन्ने उद्देश्यले जापानमा इन्टर्नसीपको अवसर मिलाइएको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए ।

त्यसैगरी, जापानमा रहेको युवा जनशक्तिको अभाव परिपूर्ति गर्नमा सहयोगी हुने भएकाले नेपाली विद्यार्थीहरुलाई इन्टर्नसीपको अवसर दिन लागिएको जापानी कम्पनी आइम्याक इन्जिनियरिङका निर्देशक मासाकी ओसास्कीले बताए ।

जापानका कम्पनीहरुलाई विदेशी जनशक्ति नियुक्त गर्न जापानिज् भाषा मुख्य अवरोधक रहेको र नेपालबाट इन्टर्नसीपमा लैजाने विद्यार्थीलाई कम्पनीले नै अनलाइन माध्यमबाट जापानिज् भाषासहित अन्य क्षमता अभिवृद्धीमा सहयोग गर्ने ओसास्कीले बताए ।

सम्झौताअनुसार, मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन सकेर इन्टर्नसीपका लागि जापान गएका विद्यार्थीहरुलाई आइम्याक इन्जिनियरिङ कम्पनीले अन द जब ट्रेनिङ (ओजेटी)को व्यवस्था मिलाउने छ । ओजेटीको अधिकतम समय ३ वर्षको हुने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?