+
+

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १२:५५

८ असार, दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् ।

१६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

त्यसअघि छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन् । बिहीवार साँझमात्र पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?