+
+

अमेरिकी दूतावासको समर मुभी शृंखलामा फिल्म ‘लभ साइमन’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १३:४०

काठमाडौं । अमेरिकी दूतावासले आयोजना गरेको समर मुभी सिरिजअन्तर्गत बिहीबार रोमान्टिक-कमेडी फिल्म ‘लभ साइमन’ प्रदर्शन गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित फिल्मको स्क्रिनिङमा लैंगिक अल्पसंख्यक एलजीबीटआईक्यू समुदायका व्यक्तिको बाक्लो उपस्थिति थियो ।

ग्रेग बर्लान्टी निर्देशित सन् २०१८ मा रिलिज भएको यो हलिउड फिल्मले साइमन नामक एक शीर्ष पात्रको कथा भन्छ । परिवार, साथीभाइ र विद्यालयसँग आफ्नो लैंगिक पहिचान लुकाउन बाध्य मुख्य पात्रले प्रेम र पहिचानको प्राप्तिका लागि गर्ने संघर्ष फिल्मले पेश गर्छ । निकोलन जोन रोबिन्सनले फिल्ममा गे पात्रको भूमिका निर्वाह गरेका छन् ।

साइमन स्पियर नामक मुख्य पात्र जो एक समलिंगी छ, ऊ साथी, परिवार र हाइस्कुलबाट बाहिर निकाल्ने ब्ल्याकमेलरको धम्कीको बाबजुद एक गुमनाम सहपाठीसँग अनलाइन प्रेम गर्छ । यो पटकथालाई मार्मिक ढंगले फिल्ममा प्रस्तुत गरिएको छ । गे व्यक्तिको संवेदनाको चित्रण यसमा छ ।

अंग्रेजी महिना जुनलाई समलिंगी समुदायको ‘प्राइड मन्थ’को रुपमा समेत मनाउने गरिन्छ । सोही अनुसार यस महिना उक्त कथावस्तुको फिल्म प्रदर्शन गरिएको दूतावासले जनाएको छ । समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले विश्वव्यापी ६६.३ मिलियन डलर कमाएको छ । गत महिना सिरिजअन्तर्गत तिमोथी चालमेट र जेन्डाया स्टारर हलिउड साइन्स फिक्सन फिल्म ‘ड्युन’ प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?