+
+

अर्पण, केकी र सलोनको ‘जय हो’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १६:२५

काठमाडौं । अर्पण थापा, केकी अधिकारी र सलोन बस्नेतको शीर्ष भूमिका रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मको टिजरमा कथावस्तुलाई प्रस्तुत गरिएको छ । टेक पौरखी राईले फिल्म निर्देशन गरेका हुन् ।

भदौ ८ गतेदेखि प्रदर्शन हुन लागिरहेको फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य, सुबि मगर लगायतको अभिनय छ । फिल्ममा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको नृत्य निर्देशन, बनिश शाहको सम्पादन र समीर मियाको भीएफएक्स छ ।

मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्मको पटकथा सुरेश न्यौपानेले लेखेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहेको फिल्मको निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?