+
+

कांग्रेसले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १२:०५

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भएको बताएका छन् ।

अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उनले बताए । नेपाली समाजको निराशाको कारण पनि यही भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’

उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नुपर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ ।

कमजोरीलाई सच्याउने र ठीकलाई ठीक भन्न सक्नु पर्ने बताउँदै उनले पार्टीको केन्द्रीय समिति बैठक पनि बस्न नसकेको प्रति असन्तुष्टि जनाए ।

उनले अब पार्टीको नयाँ संरचना बनाउने बताउँदै त्यसका लागि काठमाडौं बाहिर निस्केर अध्ययन गर्ने बताए । ‘भदौ १५ देखि काठमाडौं छोडेर बाहिर निस्कन्छु’ उनले भने, ‘३५ दिनमा ३४/३५ जिल्लामा पुगेर जनसंवाद गर्छु । तलका कुरा ल्याएर आउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?