+
+

भैरहवामा मिटरब्याजीको घरमा विप्लव समूहको घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १५:०८

९ असार बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले  भैरहवामा रमानन्द बानियाँको घर घेराउ गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी  बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले बताए ।

बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन् । उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बानियाँबिरुद्ध मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको बताए । तर यही आधारमा कसैले उनको घर घेउर गरेको भए गैरकानुनी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?