+
+

प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल एउटै फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते २१:१७

काठमाडौं । दिनेश राउतले निर्देशन गर्न लागेको आगामी फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देलले अभिनय गर्ने भएका छन् ।

पल र प्रदीप फिल्ममा अनुबन्धित भैसकेका छन् भने आर्यनसँग केही दिनमा लिखित सहमति हुँदैछ । यतिबेला फिल्मको टोली नै स्क्रिप्टलाई अन्तिम रुप दिन पोखरामा ब्यस्त छ ।

पटकथा तथा संवाद लेखक विकास सुवेदीले यी तीनैजना अभिनेताको सहभागिताबारे पुष्टि गरे । एड्भेन्चर ड्रामा जानरामा राखिएको यो फिल्मको छायांकन भदौदेखि सुदुरपश्चिममा हुँदैछ ।

नायिका फाइनल नभैसकेको जनाइएको छ । पल र प्रदीपले अभिनेता अनुप बरालसँग अहिले वर्कसप लिइरहेको चर्चा छ । पछिल्लो समयका चर्चित कलाकारहरु एउटै फिल्ममा देखिने भएपछि यसले दर्शकमाझ चर्चा समेत बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?