+
+

स्थानीय आलुको ब्राण्डिङ गर्दै मालिका गाउँपालिका

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १२:००

१० असार, काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाले आलुको ब्राण्डिङ गर्ने भएको छ ।

गाउँपालिकाले अर्खबाङलगायत क्षेत्रमा उत्पादन हुने आलुलाई प्याकेजिङ गरेर बजारमा पठाउने तयारी गरेको हो ।

पालिकाले कृषि ज्ञान केन्द्र गुल्मीसँगको सहकार्यमा आलुको ब्राण्डिङ गर्न लागेको हो । यहाँको आलु सवादिष्ट भएकाले लेबलिङ्ग गरिसकेपछि बजारको कुनै समस्या नहुने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी बताए ।

यो क्षेत्रमा एकै घरका कृषकहरुले एक मौसममै ५० देखि ६० मुरी आलु उत्पादन गर्ने गरेका छन् । जसले गर्दा स्थानीय स्वरोजगार बनेका छन् ।

स्थानीयलाई रोजगारसंगै आम्दानी, पालिकाको समृद्धि र यहाँको आलुलाई नेपाल भर चिनाउने उदेश्यले ब्राण्डिङ गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनाल बताए ।

आलुको ब्राण्डिङ्ग र खेती गर्ने तरिकामा फरकपन आएसँगै किसानहरु उत्साहित भएका छन् ।

स्थानीय जातको आलु संरक्षण गर्दै बजारीकरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने योजना पालिकाकाको रहेको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले बताए ।

मालिकाको आलु प्रर्वद्धन र बजारीकरणको लागि पालिकाले हरेक वर्ष उचित बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ ।

मालिकाको अर्खबाङ्ग क्षेत्र आलुका लागि प्रसिद्ध ठाँउ हो । आलुको लागि उपयुक्त हावापानी हुदाँ यहाँ थोरै मेहनतमा धेरै आलु उत्पादन हुन्छ ।

यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरिएको छ । मालिका- ३ हृवाङदी र ४ को अर्खबाङ्गसँगै गाउँपालिकाका अन्य वडाका केही स्थानलाई पकेट क्षेत्र घोषणा गरिएको हो ।

करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३०० टन भन्दा धेरै आलु फल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?