+
+

इन्जिनियर हरिकृष्ण घिमिरेको ‘संघर्षका पाइलाहरु’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:०२

काठमाडौं । इन्जिनियर हरिकृष्ण घिमिरेको पुस्तक ‘संघर्षका पाइलाहरु’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुस्तकको विमोचन गरे । लेखक घिमिरे नेपाल विद्युत प्राधिकरणको साना जलविद्युत विभागमा २८ वर्ष सेवापछि अनिवार्य अवकाशप्राप्त इन्जिनियर हुन् ।

पुस्तक विमोचन गर्दै घिसिङले इन्जिनियर घिमिरेको पुस्तकबाट मुलुकको उज्यालो अभियानलाई सफल बनाउने प्रेरणा मिल्ने बताए । पुस्तकमा लेखेका धेरै विषयवस्तु आफूसँग पनि मेल खाने घिसिङले बताए । ‘हामी सबै एउटै परिवेशमा हुर्किएका हौं । त्यो बेलाको परिवेश उस्तै थियो । उहाँको जीवनसँग दाँजेर हेर्दा धेरै कुरा मिल्दो रहेछ । उहाँ जस्तै म पनि टुकीमै बसेर पढेको व्यक्ति हुँ,’ उनले भने ।

आफू टुकीमा बसेर भए पनि टुकीमा बस्नेहरुलाई ७२ जिल्लाका गाउँगाउँमा गएर विद्युतीकरण गर्न पुर्‍याएका घिमिरेको योगदानलाई सौभाग्य नै मान्नुपर्ने उनले बताए । लेखक घिमिरे १२ वर्षयता न्युरो डिसअर्डरसम्बन्धी रोगबाट पीडित छन् । जसकारण उनी आफैं हिंडडुल गर्न सक्दैनन् । उनको हात र खुट्टाका औंलाहरु समेत राम्रासँग चल्दैनन् । तर पनि पाँच वर्ष लगाएर उनले आफैं पुस्तक लेखेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक डा. शान्तिकृष्ण अधिकारीले घिमिरेको पुस्तकबाट जलविद्युत विकासका क्षेत्रमा धेरै कुरा सिक्ने सक्ने विषयवस्तु समेटिएको बताए । नेपालको अपार जलस्रोतको सम्भाव्यता अध्ययन गरी अन्तर्राष्ट्रिय लगानी भित्र्याउन समेत लेखक घिमिरेको महत्वपूर्ण योगदान देखिएको भन्दै डा. अधिकारीले जलविद्युतको ‘हीरा’को रुपमा रहेका घिमिरेलाई राज्यले उचित कदर गर्न नसकेको बताए ।

पुस्तकमा घिमिरेले आफ्नो जीवन यात्रामा देखेका–भोगेका अनुभवहरुलाई ६३ अध्यायमा प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?