+
+

इटहरीको बजेट दुई अर्ब ३५ करोड ३१ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १६:४९

१० असार, विराटनगर । आर्थिक वर्ष २०८०/८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

१३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

उपमहानगरले आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख गरेको छ ।

मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियाेजन गरिएको छ ।

स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?