+
+

पशुपतिमा जलहरीको तौल लिन पुग्यो अख्तियार टोली

आर्यन धिमाल आर्यन धिमाल
२०८० असार १० गते १७:०१

१० असार, काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । आइतबार अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिने अख्तियार स्रोतले जनाएको छ ।

दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।

तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका महालेखा परीक्षकको कार्यालयले गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?