+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ओटीटी प्लेटफर्मले किनेनन् हलमा ब्लकबस्टर बनेको ‘केरला स्टोरी’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:०१

काठमाडौं । ‘केरला स्टोरी’ भारतमा ब्लकबस्टर फिल्म हो भन्ने तथ्य व्यापार विश्लेषकदेखि दर्शकसम्मलाई थाहा छ । तर यो फिल्मले उनै व्यापार विश्लेषकलाई यतिबेला चकित बनाएको छ । निर्देशक सुदीप्तो सेनले अब चाँडै यो फिल्मलाई ओटीटीमा दर्शकले हेर्न पाउनेछन् भन्ने खबर सुनाएका थिए ।

तर निर्मातालाई भने यो खबरले स्तब्ध बनाएको छ । हलमा ब्लकबस्टर कमाइ गरेको यो फिल्म अब ओटीटी प्लेटफर्ममा रिलिज हुनेछैन । निर्देशक सेनले यसबारे बलिउड हंगामासँग भनेका छन्, ‘द केरला स्टोरीलाई लिएर अहिलेसम्म हामीले उपयुक्त ओटीटी प्लेटफर्म प्राप्त गरेका छैनौ ।’

चाँडै यो फिल्म ओटीटीमा आउँदैछ नि भनेर सोधिएको जिज्ञासालाई निर्देशक सेनले ठाडै अस्वीकार गरे । भन्छन्, ‘होइन होइन हामीले अहिलेसम्म उपयुक्त ओटीटी प्लेटफर्म प्राप्त गरेका छैनौं । यो गलत समाचार हो । हाम्रो राम्रो प्लेटफर्मबाट सम्झौताको लागि पर्खिरहेका छौं । तर हामीले अहिलेसम्म विचार गर्न लायक कुनै प्रस्ताव प्राप्त गरेका छैनौं । फिल्म उद्योग हामीलाई सजाय दिन एकजुट भएजस्तो देखिन्छ ।’

तर सजाय केको ? ‘हाम्रो बक्स अफिस सफलताले फिल्म उद्योगका धेरै वर्गलाई चिन्तित बनाएको छ । हाम्रो सफलताको लागि मनोरञ्जन उद्योगको एक भागले हामीलाई सजाय दिन एकजुट भएको महसुस गरेको छ,’ उनले भने । यसबारे बलिउड हंगामाले एक ओटीटी प्लेटफर्मका सञ्चालकलाई द केरला स्टोरी किन स्ट्रिमिङ नगरेको भनेर सोधेको थियो । जवाफ आशातित थियो– हामी राजनीतिक रुपमा विवादित कुरामा प्रवेश गर्न चाहन्नौं ।’

स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ,  ‘केरला स्टोरीले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो, फिल्मको विषयवस्तुले एक निश्चित दर्शक वर्गलाई रिस उठाउन सक्छ । यो तथ्यलाई ध्यानमा राख्दै कुनै पनि प्रमुख ओटीटी प्लेटफर्म फिल्म खरिद गर्न तयार छैनन् ।’ पछिल्लो समय ओटीटी च्यानल बौद्धिक सोचाइ, उत्तेजक र मनोरञ्जनक कथावस्तुका फिल्म र सिरिजमा व्यस्त हुँदा यस्तो अवस्थामा ‘द केरला स्टोरी’ ती विधामा फिट नहुने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?