+
+

४१ करोड ३४ लाख घटेर आयो चितवन खैरहनी नगरपालिकाको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:०५

१०, असार, चितवन । चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार रुपैयाँ कम छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट पेश गरेको छ ।

चालु आर्थिक वर्षका लागि गत वर्ष संशोधित १ अर्व ३६ करोड २३ लाख ७७ हजारको बजेट पेश गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ ४८ करोड २६ लाख ८४ हजार (५०.८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार (४९.१४प्रतिशत) बजेट विनियोजन गरेको छ ।

नगरसभामा पेश भएको विवरण अनुसार आगामी आर्थिक वर्षका लागि पेश भएको बजेट आर्थिक वर्ष २०७८/०७९ को यथार्थभन्दा ०.९६ प्रतिशत बढि हो भने चालु आर्थिक वर्षको भन्दा २८.२४ प्रतिशतले कम हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष आन्तरिक आय १७ करोड ७० लाख ३८ हजार, संघिय सरकारको शर्शत अनुदान २४ करोड १४ लाख, समानीकरण अनुदान १५ करोड ७६ लाख, संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ११ करोड ३४ लाख २० हजार, संरक्षित वन रोयल्टीवापत ३० लाख, संघीय सरकार विशेष अनुदान २ करोड, संघीय सरकार समपुरक अनुदान ८० लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड ५ लाख ३० हजार, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ६८ लाख २८ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने रकम ७ करोड ६० लाख ७९ हजार, प्रदेश सरकार समपुरक अनुदान ४ करोड, प्रदेश सरकार विशेष अनुदान १ करोड, भारतीय राजदुतावासबाट प्राप्त हुने आय १ करोड, सडक बोर्ड नेपालबाट प्राप्त हुने ५० लाख, र चालु वर्षको अनुमानित बैंक मौदात ४ करोड गरी नगरपालिकाले ९४ करोड ८८ लाख ९५ हजार आय अनुमान गरेको छ ।

व्ययतर्फ कार्यसञ्चालन तथा प्रशासनिक खर्च ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा ७ करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारका कार्यक्रमहरु ३ करोड ४० लाख ४० हजार, वडास्तरीय योजना तर्फ१७ करोड २६ लाख, विषयगत शाखा तर्फ १४ करोड ५ लाख, नगरस्तरीय विभिन्न कोष तर्फ १ करोड ५० लाख, म्याचिङ्ग फण्डमा २ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३६ करोड ४९ लाख ३० हजार गरी जम्मा ९४ करोड ८८ लाख ९५ हजार व्यय अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?