+
+

कालिका नगरपालिकाले ‘मेड इन कालिका’ लोगोबाट स्थानीय उत्पादनको बजारीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १३:१८

११ असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख विमला तामाङ्गले सार्वजनिक गरेको नगरपालिकाको बजेटमा आन्तरिक आय ११ करोड, राजश्व बाडफाँटबाट १६ करोड ९६ लाख ९७ हजार रुपैयाँ, जनसहभागिता तथा अन्य ६० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघ तर्फ ४२ करोड ७० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकारतर्फ ३ करोड ६० लाख ८३ हजार, सडक बोर्ड र जिल्ला समन्वय समितिवाट ९० लाख, गतवर्ष जिम्मेवारी ६ करोड रहने अनुमान छ ।

आगामी वर्ष आन्तरिक आय ४ करोड थप गर्ने लक्ष्य लिएर जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा राजश्व वृद्धि अभियान सञ्चालन गर्ने नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिकाले पेश गरेको बजेटमा व्ययतर्फ कालिका नगरपालिकाका ११ वटा वडालाई १४ करोड ४९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा १३ करोड ५० लाख ६२ हजार रुपैयाँमध्ये नगरस्तरीय गौरवको योजनालाई मात्रै ९ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अधुरा क्रमागत योजना पुरा गर्न १ करोड ७० लाख, आर्थिक विकास तर्फ १ करोड ३४ लाख ६५ हजार रुपैयाँ, विपद वन, फोहोरमैला वातावरण व्यवस्थापन तर्फ १ करोड ४७ लाख रुपैयाँ, सुरक्षा तथा शासन तर्फ ५० लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १० करोड रकम विनियोजन गरिएको छ ।

शिक्षा युवा तथा खेलकुदमा २ करोड ५७ लाख ४१ हजार, स्वास्थ्यमा १ करोेड २८ लाख ४५ हजार, समपुरक तथा संघसंस्था साझेदारी १ करोड ८५ लाख, उद्योग तथा उद्यमशीलतामा २१ लाख रुपैयाँ, भवन तथा वस्ती विकासमा ६२ लाख, सूचना प्रविधि, राजश्व सुधारमा २९ लाख, महिला बालबालिकातर्फ ५२ लाख रकम विनियोजन गरिएको छ ।

पालिकाले संघीय सरकारको सशर्त शीर्षकको कार्यक्रम अन्तर्गत २६ करोड ९६ लाख, प्रदेश सरकारको सशर्त शीर्षकको कार्यक्रममा २ करोड १९ लाख ८२ हजार, संघबाट विशेष अनुदान १ करोड ५० लाख र समपुरक अनुदान संघको तर्फ ७५ लाख खर्च गर्नेछ ।

नगरपालिकाले शक्तिखोरदेखि वडा नं. ११ को रन्तेससम्मको बाटो, बुङखोला-थाङखोला बाढी नियन्त्रण व्यवस्थापन, खोलेसिमलदेखि क्लब चोक, जुटपानी बाटो विस्तार र मोज्याक टायल सहितको पैदल यात्रामार्ग निर्माण, उज्यालो कालिका हाइमास लाइट जडानलाई प्राथमिकता प्राप्त आयोजनाका रुपमा राखेको छ । मह, च्याउ, केरा, कोदो, फापर र पिँडालु जस्ता स्थानीय उत्पादनलाई (गुणात्मक वृद्धि) मेड इन कालिका प्रतीक चिह्न -लोगो) राखेर बजारीकरण गर्ने नीति नगरपालिकाको छ ।

आगामी वर्ष नगरक्षेत्रको शहरी क्षेत्रका सबै मुख्य सडकहरु कालोपत्रे गरिसक्ने, सहायक सडकहरुको स्तरोन्नती गर्ने, नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण कार्य यसै वर्ष सम्पन्न गरी आर्थिक वर्ष २०८०/८१ बाट सोही भवनबाट सेवा प्रदान गर्ने तयारी नगरपालिकाको छ ।

चालु वर्षमा १५ करोड ३१ लाख बेरुजु फर्स्यौट !

कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै १५ करोड ३१ लाख ९५ हजार ५३९ रुपैयाँ बेरुजु फर्स्यौट गरेको छ । पालिका प्रमुख विनोद रेग्मीले दिएको जानकारी अनुसार विगतका आर्थिक वर्षदेखि रहँदै आएको १९ करोड २२ लाख ५२ हजार ५ सय ३९ रुपैयाँ बेरुजु अन्तर्गत १५ करोडभन्दा बढी बेरुजु फर्स्यौट गरेको हो ।

शून्य बेरुजुको नीति अनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले बेरुजु फर्स्यौट गर्ने नगर प्रमुख रेग्मीले बताए । नगरपालिकाले ‘कालिका नगरपालिकाले प्रशासकीय कार्यविधि (खर्च मापदण्ड तथा आन्तरिक नियन्त्रण) २०७९’ बनाई खर्चमा नियन्त्रण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?