+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आउट स्ट्यान्डिङ इन्टरनेसनल लिडरसीप अचिभर्स अवार्डबाट शिवम् सिमेन्टका कार्यकारी निर्देशक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १७:४५

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु आउट स्ट्यान्डिङ इन्टरनेसनल लिडरसीप अचिभर्स अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।

९ असारमा इन्टरनेसनल लिडरसीप अचिभर्स कन्फेरेन्स (आईएसी)ले दुबईमा आयोजना गरेको कार्यक्रममा मारु सम्मानित भएका हुन् । मारु शिवम् सिमेन्टको स्थापना कालदेखिनै निर्देशकको रुपमा कार्यरत छन् ।

आईएसीको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्‍याएका उत्कृष्ट उद्योगीहरुको छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका नेता, सेलिब्रेटी एम्बास्डर, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

विभिन्न मुलुकका विभिन्न विधा अन्तर्गतका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनोट गरी उद्योगको समग्र क्षेत्रको मूल्याङ्‍कन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानका आधारमा हरेक वर्ष आईएसीले यो अवार्ड प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?