+
+
Shares

विमानस्थलबाट स्वीट्जरल्याण्ड जान लागेका व्यक्तिसँग भेटियो झण्डै ९ किलो चरेश

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १८:३१
फाइल तस्वीर

११ असार, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले अनलाइनखबरलाई बताए।

उनका अनुसार कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको काम गर्ने व्यक्तिका रुपमा चिनाएका छन्।

‘ठमेलमा १०० युरोमा चरेश किनेको भनेको छ, हिँड्दै गरेका बेला चाहिन्छ भन्दै सोधेपछि किनेको भनेको छ’, जोशीले थपे, ‘उनी टर्किस एयरलाइन्सको उडानमार्फत स्तानबुल हुँदै स्वीजरल्याण्ड जान लागेका थिए।’

प्रहरीका अनुसार उनको लगेजभित्र फल्सबटम भेटिएको छ, जसमा खैरो रंगको प्लास्किले र्‍यापिङ गरेर चरेश लैजान लागिएको अवस्थामा बरामद गरिएको हो।

उनलाई चरेश विक्री गर्ने व्यक्तिको खोजी भइरहेको ब्यूरोले जनाएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?