+
+

ठगी आरोपमा ‘गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १३:४९

१२ असार, काठमाडौं । प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुत गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।

काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतले बताए ।

उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डीएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?