+
+

रुकुमको स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:३१

१२ असार, दाङ। रुकुम पश्चिमको स्यार्पूतालमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ र ५ मा स्थित तालमा पौडी खेल्न गएकी वडा नं. ३ की ११ वर्षिया बालिका टीका बिक मंगलबार डुबेर बेपत्ता भएकी हुन् ।

साथीहरुसँग पौडी खेल्न गएको बेला तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?