+
+

बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास असारभित्रै हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १४:१९
Photo Credit : नवीन बराल/द थर्ड पोल

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास असार महिनाभित्र नै गरिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नका जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार महिनाभित्रै आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजना स्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम पनि सुरु हुने बताए ।

‘मैले यसै महिना भित्र बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शीलान्यास प्रक्रियापनि सम्पन्न गर्न मैले सम्बन्धित अधिकारीलाई भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ । यसै महिना भित्र बुढीगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ । मैले भन्ने त्यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?