+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कुवेतको अल मुजैनी एक्सचेञ्ज र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १३:१६

काठमाडौं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इसेवा मनी ट्रान्सफरमार्फत सुरक्षित रूपमा नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।

कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इसेवा वालेट्मा पैसा पठाउन सकिने जनाइएको छ ।

कुवेतबाट पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रूफैयाँ बोनस समेत प्राप्त गर्न सकिने छ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले अल मुजैनी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए ।

कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको भन्दै उनले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?