+
+

मुख्यमन्त्रीलाई कांग्रेसको सुझाव : विश्वासको मत पाउनुहुन्न भने राजीनामा दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १७:२२

१४ असार, काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले विश्वासको मत पाउँछु भन्नेमा ढुक्क भएको र त्यस्तो वातावरण बनाएको भए मात्र विश्वासको मत लिन आग्रह गरेका हुन् ।

‘विश्वासको मत पाउछु भन्ने विश्वास छ र  त्यस्तो वातावरण बनाउनुभएको छ भने विश्वासको मतमा जाऔं’, उनले भने, ‘त्यो अवस्था छैन भने राजीनामा दिएर भोलि बन्ने सरकारका लागि मार्ग प्रशस्त गर्दा तपाईका लागि राम्रो हुन्छ ।

नेता थापाले एमाले नेतृत्वको प्रदेश सरकारले काम गर्न नसकेको बताए । प्रतिपक्षले सहयोग गर्दागर्दै सरकार भागेको बताउँदै उनले परिस्थिति अर्को ढंगबाट अघि बढेको बताउँदै विश्वास तोड्ने काम मुख्यमन्त्रीबाट नै भएको दाबी गरे ।

‘हामीले विश्वास गरेर सरकारलाई सहयोग गर्न खोज्दा सरकारले विश्वास लिन नचाहेको देखियो, सरकारले सदन बन्द गरेकै हो । अध्यादेशबाट बजेट ल्याएको हो’ उनले भने, ‘सरकारप्रति हाम्रो विश्वास गुमिसकेको कारण विश्वासको मत दिन सकिँदैन ।’

मुख्यमन्त्रीको कार्यशैलीका कारण पक्षमा उभिन नसकिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?