+
+

नेपालकी आयुषा मिस ग्ल्याम वर्ल्ड २०२३ को उपविजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १८:४१

काठमाडौं । नेपालकी २१ वर्षीया आयुषा प्याकुरेल मिस ग्ल्याम वर्ल्ड २०२३ प्रतियोगिताको उपविजेता घोषित भएकी छन् । भारतमा आयोजित यो पेजेन्टमा बेल्जियमकी जोम्की तेन्जिन विजेता बनिन् । भारतकी समृद्धि सेट्ठी सेकेन्ड रनरअप घोषित भइन् ।

प्रतिस्पर्धी नम्बर ७ रहेकी नेपालकी आयुशाले फिनालेमा रातो सारी र त्रिशूल समात्दै आकर्षक प्रस्तुति दिएकी थिइन् । जितबारे उनले भनिन्, ‘ उपाधि जित्दा सुरुमा विश्वास गर्नै कठिन भयो । मञ्चमा मेरो नाम घोषणा हुँदा समेत विश्वास लागिरहेको थिएन । तर जब विश्वास लाग्यो बल्ल मेरो मेहनतको नतिजा आयो भन्ने लाग्यो ।’

चितवन घर भएकी आयुषा पत्रकारिताकी विद्यार्थी समेत हुन् । उनी नेपालको मोडलिङ क्षेत्रमा समेत सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?