+
+

कृषिमन्त्रीले रोपे धान (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असार १५ गते १०:५३

१५ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।

कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरे ।

एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरेका हुन् ।

मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिए ।

मन्त्री भुसालले प्रयोग गरेको मेसिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिने बाली विकास केन्द्रले जनाएको छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?