+
+

संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : गणेश तिमिल्सना

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १३:०३

१५ असार, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। लामो समय लिएर बोल्दैमा त्यो प्रभावकारी हुन्छ भन्ने नबुझ्न सांसदहरुलाई उनको आग्रह छ।

शुत्रबार संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला ! पछुतो हुने खालको सकभर नहोस्’ अध्यक्ष तिमिल्सिना भने।

अन्यथा बोल्नका लागि बोल्ने र कहिलेकाहीँ आवेगमा प्रस्तुत हुँदा सांसदको अभिव्यक्ति नै संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने भएकाले बोल्दा ख्याल गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? र रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन।’

पछिल्लो समय संसदमा सांसदहरुले व्यक्त गरेका अभिव्यक्ति हटाउने क्रम बढेको छ । यसतर्फ संकेत गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताए ।

गत वैशाख २४ को राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका एमाले सांसद टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर टिप्पणी गरेका थिए। त्यसमा एमाले सांसदहरुको आपत्तिपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देश गरेका थिए।

प्रतिनिधिसभामा पनि सांसदले बोलेका अमर्यादित शब्दलाई रेकर्डबाटै हटाउने क्रम बढेको छ।

प्रतिनिधिससभाको चालु अधिवेशनमै सांसदहरु शिशिर खनाल, लेखनाथ दाहाल र सुनिल शर्मा र विनोद चौधरीले संसदमा बोलेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।

सांसद खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट नेपाल फर्किँदा राँगो चढेर फर्किएको टिप्पणी गरेका थिए। यो शब्द रेकर्डबाट हाइएको हो। लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको भनेर पित्तलको जलहरी लगाइएको टिप्पणी गरेका थिए। यो विषयमा प्रमुख प्रतिपक्षी दल एमालेको अडानपछि संसदको रेकर्डबाट हटाइएको छ।

कांग्रेस सांसद विनोद चौधरीले बोलेको महिला लक्षित उखान टुक्का पनि रेकर्डबाट हटाइएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसद दयाल बहादुर शाहीले कांग्रेसका संस्थापक नेताहरुको नाम लिएर आलोचना गरेका थिए।

सत्ताका लागि कांग्रेसले जस्तो पनि नीति लिएको भन्न उनले प्रयोग गरेका शब्दहरु पन संसदीय रेकर्डबाट हटाइएको छ।

सांसद शर्मा ले जेठ ९ मा सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए। उक्त अभिव्यक्ति पनि संसद रेकर्डबाट हटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?