+
+

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १०:०२

१६ असार, काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?