+
+

अध्ययन भन्छ – हरियाली ठाउँमा बस्नेको आयु अढाइ वर्षले बढ्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १३:४६

तपाईं लामो समयसम्म बाँच्न चाहनुहुन्छ र बुढेसकालको उमेरमा पनि तन्नेरीजस्तै तन्दुरुस्त देखिन चाहनुहुन्छ भने त्यस्तो ठाउँमा बसोबास गर्नुहोस् जहाँ चारैतर्फ हरियाली हुन्छ ।

वैज्ञानिकहरुका अनुसार हराभरा दृश्य केवल आँखालाई मात्र राम्रो लाग्ने होइन, मानिसको उमेरसँग पनि यसको सिधा सम्बन्ध छ ।

एक नयाँ शोध अनुसार हरियाली क्षेत्रमा बसोबास गर्नाले हाम्रो जैविक उमेरलाई क मगर्दछ । जसका कारण मानिसको आयु साढे २ वर्षसम्म बढ्दछ ।

मानिसको आयुलाई कसरी बढाउने ? यस विषयमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । कतिपय वैज्ञानिकहरु मानिसलाई अमरता अर्थात् कहिल्यै पनि नमर्ने अवस्थामा समेत पुर्‍याउन सकिने दाबी गर्दछन् ।

मानिसको अमरताको शुत्र त अहिलेसम्म फेला परेको छैन तर लामो आयु प्राप्त गर्ने एउटा सजिलो र निकै सुन्दर तरिका शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले हराभरा क्षेत्रमा बस्ने मानिसहरुमा विभिन्न जैविक तथा अणुगत परिवर्तन आउने र त्यसले मानिसको जैविक उमेर घट्ने देखाएको छ । यसबाट क्रोनोलोजिकल अर्थात् वास्तविक उमेर लामो हुन्छ । साइन्स एडभान्सेज पत्रिकामा उक्त शोध प्रकाशित भएको छ ।

कुनै पनि मानिसको खानपान र जीवनशैली कस्तो छ भन्ने कुराले उसको जैविक उमेर तय गर्दछ । सोही मूताविक मानिसको जैविक उमेर कम वा धेरै हुनसक्छ । यदि मानिसको जैविक उमेर उसको समयगत अर्थात् क्रोनोलोजिकल उमेरभन्दा धेरै भयो भने ऊ छिटो बुढो हुन्छ । बुढ्यौलीमा हुने धेरै रोगब्याधीहरुले उसलाई घेर्दछन् र मृत्यु पनि छिटो हुन्छ । यहाँ क्रोनोलोजिकल उमेरको सम्बन्ध वास्तविक आयुसँग हुन्छ ।

विज्ञहरुका अनुसार जैविक उमेर यदि वास्तविक उमेरभन्दा कम भयो भने यस्तो मानिस अन्य समवयी व्यक्तिको तुलनामा लामो उमेरसम्म पनि युवा देखिन्छ । पहिले यस्तो उमेरलाई घटाउनका लागि हरियो खानेकुराहरु खाने र व्यायाम गर्नुपर्छ भनिन्थ्यो । तर हरियोपरियो चिजबिज खाएर मात्र होयन हराभरा ठाउँमा बस्दा पनि मानिसको आयु लम्बिने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

उक्त शोधका लागि अमेरिकाका ४ वटा सहरलाई छानिएको थियो जसलाई दुई भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एउटा हराभरा ठाउँमा बस्ने मानिसहरु र दोस्रो कंक्रिटका संरचनाले भरिएका ठाउँमा बस्ने मानिसहरुलाई लिइएको थियो । झण्डै ९ सय मानिसहरुमा २ दशकसम्म सो अध्ययन गरिएकेा थियो । शोधकर्ताहरुले हराभरा ठाउँमा लामो समयसम्म बस्नाले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा जान्न चाहेका थिए ।

शोधकर्ताहरुले ती मानिसहरुको डिएनए जाँच गर्दा एउटा रसायनमा परिवर्तन भएको पाए । उक्त रसायनिक परिवर्तनलाई मिथाइलेसन भनिन्छ । यो प्रक्रिया उसो त डिएनएमा भैरहेको हुन्छ तर उमेर बढ्दै जाँदा यसमा परिवर्तन देखिन्छ । यसलाई एपिजेनेटिक क्लक पनि भनिन्छ । यो घडीले हामी जवानै रहेको वा बुढो भएको भनेर बताइदिन्छ ।

शोधकर्ताका अनुसार जो मानिसहरु हरियालीयुक्त ठाउँमा जतिधेरै बस्छन् उनीहरुमा एपिजेनेटिक घडी उति नै धेरै सुस्त गतिले चल्ने गरेको पाइएको छ । जो मानिसको घरको ५ किलोटिमरको दूरीको वृत्तभित्र ३० प्रतिशत सम्म हरियाली थियो उनीहरु २० प्रतिशत हरियाली भएका मानिसहरुको तुलनामा साढे २ वर्ष कम उमेरका देखिन्थे ।

यो वर्षको सुरुवातमा फिनल्याण्डमा पनि यस्तै खालको अध्ययन गरिएको थियो । फिनिस इन्स्टिच्यूट अफ हेल्थ एण्ड वेलफेयरले गरेको अध्ययनबाट के देखाएको थियो पार्कमा घुमफिर गर्ने मानिसहरुमा उच्च रक्तचाप तथा दम जस्ता रोगहरुमाथिको निर्भरता निकै कम हुन्छ । साथै डिप्रेसनका विरामीहरु समेत दैनिक पार्कमा घुमफिर गर्न गएमा औषधिको डोज ३३ प्रतिशत सम्म घट्ने अध्ययनले देखाएको थियो ।

यसअघि कम तापक्रमलाई समेत लामो आयुसँग जोडिएको थियो । जर्मन युनिभर्सिटी अफ कोलोजनका शोधकर्ताहरुका अनुसार न्यून तापक्रम मानिसको लामो आयुको एउटा कारण हो ।

शोधकर्ताका अनुसार चिसो क्षेत्रमा बस्ने मानिसहरुमा उमेरसँगै देखापर्ने अल्जाइमर्स तथा डिमेन्सिया जस्ता समस्याहरुको जोखिम कम हुन्छ । साथै चिसो क्षेत्रमा बस्ने मानिसहरुको औसत आयु पनि गर्मी क्षेत्रमा बस्ने मानिसको तुलनामा बढी हुने गरेको पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?