+
+

कर्कलोमा के पाइन्छ ?

उमा कोइराला, पोषणविद् उमा कोइराला, पोषणविद्
२०८० असार १७ गते १३:२७

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला ।

कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ ।

कर्कलो सामान्यतया दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूधे कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ ।

कर्कलोमा के पाइन्छ ?

कर्कलो आइरन र भिटामिन एको मुख्य स्रोत हो । यसमा गाढा हरियो रंग हुने भएकाले प्रशस्त मात्रामा आइरन पाइन्छ । यसबाहेक कर्कलोमा क्याल्सियम, भिटामिन डी, पोटासियम, प्रोटिन र फाइबर पोषक तत्व पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

खाने तरिका

कर्कलोको तरकारी विभिन्न तरिकाले बनाउन सकिन्छ । जस्तै रसदार झोल, अचार, मस्यौरा तथा अन्य परिकार बनाएर खान सकिन्छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने समस्या पनि कम हुन्छ । त्यस्तै कर्कलोको पातलाई घाममा सुकाएर सञ्चय गरेर राख्‍न सकिन्छ । कर्कलोको डाँठलाई केलाएर घाममा सुकाएर तोरीको तेलमा कागती, मरमसला मोलेर सिसीमा खाँदेर अचार बनाउन सकिन्छ ।

त्यस्तै कर्कलोको जरा अर्थात् पिंडालु पनि पोषणयुक्त हुन्छ । यसलाई उसिनेर, तरकारी बनाएर खाने गरिन्छ । यसको पानी रोटी बनाएर खाए अझ स्वादिष्ट हुन्छ । साथै यसलाई लामा-लामा टुक्रा-टुक्रा पारी घाममा सुकाएर बेमौसममा दालमा मिसाएर खान सकिन्छ ।

फाइदा

कर्कलोमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले यो सहजै पच्ने, आँखा तेजिलो बनाउने, पाचन पक्रिया बलियो बनाउने, पेट सफा राख्ने काम गर्छ । यसको नियमित सेवनले स्वास्थ्यलाई राम्रो गर्छ । रक्तअल्पताको समस्यामा पनि कर्कलोले फाइदा गर्छ ।

त्यस्तै पिंडालुमा कम फ्याट, सोडियम र अत्यधिक मात्रामा पोटासियम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेटले तनाव कम गर्न मद्दत गर्छ । मधुमेहका बिरामीलाई सुगर नियन्त्रणमा राख्न पिंडालु प्रभावकारी हुन्छ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेसियमजस्ता पोषक तत्व पाइने भएकाले दूध खुवाउने महिलालाई फाइदाजनक हुन्छ । साथै तौल घटाउन र छाला सुन्दर बनाउनका लागि कर्कलो प्रभावकारी हुन्छ ।

सले खानु हुँदैन ?

कर्कलो खासगरी जेठदेखि भदौसम्म पाइन्छ । जाडोयाममा निकालिने पिंडालु माघे संक्रान्तिको दिन खाने चलन छ ।

तर आइरनको मात्रा बढी हुने भएकाले उच्च रक्तचाप भएकाले नखाँदा उचित हुन्छ । किनकि यसले रक्तचाप बढाउँछ । त्यस्तै युरिक एसिड भएकाले पनि सकेसम्म सन्तुलित मात्रामा पिंडालु खान सकिन्छ । चिसो लागेमा वा एलर्जी भएमा, बाथ रोग भएकाले खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?