+
+

५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १७:३३

१७ असार, काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका  प्रवक्ता एवम्  प्रहरी उपरीक्षक  रबिन्द्र रेग्मीले जानकारी दिए ।

उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?