+
+

बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा, ललितपुरमा विरोध सभा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते ११:४१

१८ असार, काठमाडौं । देशभरका कानुन व्यवसायीहरु  मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुनी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ललितपुर बार एशोसिएसनकाे अगुवाइमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।

यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् । कानुन व्यवसायी माथि झुट्टा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?