+
+

सेयर बजारमा १२.७३ अंकको वृद्धि, होटल क्षेत्र लगानीकर्ताको रोजाइमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १५:३७

१९ असार, काठमाडौं । लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा रोकिएको छ ।

गत साता लगातर बढेर बुधबार करिब ७ महिना यताकै उच्च विन्दु २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबारसहित यो सातको आइतबार र सोमबार लगातार ३ दिन गिरावट हुँदा २०७५.९७ अंकसम्म झरेको थियो । तर, मंगलबार पुनः नेप्सेमा वृद्धि भएको हो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । जसमध्ये होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.३६ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । लगातार ५ अर्ब भन्दा माथिको कारोबार भइरहेको बजारमा सोमबार कारोबार रकम घटेर ४ अर्बमा झरेको थियो । आज मंगलबार कारोबार रकम झनै घटेर साढे २ अर्बमा झरेको छ । मंगलबार नेप्सेमा ४६ हजार ७७१ वटा कारोबारमा ६४ लाख ५० हजार ९३४ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । जसबाट २ अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छ ।

जसमध्ये नागरिक लगानी कोषको १२ करोड १७ लाखको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको ११ करोड ३९ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३४ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १४५ कम्पनीका सेयरमूल्यमा वृद्धि हुँदा ७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मानुषि लघुवित्तको सेयरमूल्य ६.१५ प्रतिशत र सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९५ प्रतिशतले वृद्धि भएको छ ।

यता बीपीडब्लु लघुवित्तको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खानीखोला हाइड्रोपावरको सेयरमूल्य ३.१८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?