+
+

ललितानिवास प्रकरणमा संगठित अपराधमा पनि अनुसन्धान अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १६:२५

१९ असार, काठमाडौं । नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जना विरुद्ध प्रहरीले ंसंगठित अपराधको कसूरमा म्याद थपेको हो ।

सीआईबी ब्यूरोका एक अधिकृतका अनुसार उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिन को म्याद दिएको छ ।

म्याद थप हुनेहरुमा  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह,  मालपोतका  तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?