+
+

अखिल क्रान्तिकारीमा विवाद : स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते ११:४४

२० असार, काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले बोलाएको क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला संगठनको एक समूहले वहिष्कार गर्ने भएको छ ।

क्रान्तिकारीको असन्तुष्ट पक्षका पवन कार्कीले विज्ञप्ति निकालेर बहिष्कार गर्न आह्वान गरेका छन् । संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर तेस्रो राष्ट्रि्य भेला गर्न लागिएको छ ।

भेला बुधबार र बिहीबार (असार २० र २१) लागि बोलाइएको छ । संगठनको आधिकारिक अध्यक्ष पञ्चा सिंहले बोलाएको भेलाविरुद्ध कार्की पक्ष उभिएको छ ।

‘ नेता कार्यकर्ताहरुले आफ्नै बलबुतामा जिताएको स्ववियु लाई आफ्नो स्वार्थ पूर्तिका लागी क्रान्तिकारी स्ववियु काउन्सिलको भेला भनी आम नेता कार्यकर्ताहरुमा भ्रमको खेती गरिरहेको देखिन्छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचित प्रतिनिधिहरूलाई विवादित बनाउन गर्न लागिएको भेला बहिष्कार गर्न उनले आह्वान गरेका छन् । कार्की पक्षले भेलालाई स्वार्थ समूहको कार्य भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?