+
+

मैले नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ, त्यसबाट केही हुनेवाला छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:५२

२० असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् ।

यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए ।

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए । उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।

आफ्नो आलोचना भइरहेको बेला आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रष्टीकरणको शैलीमा प्रचण्डले आफूले त्यो कुरा नबोलेको जिकीर गरे ।

उनले भने, ‘आज म सुन्दैछु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’

उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गरे ।

‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?