+
+

१३ वर्षपछि वेनफिका फर्किए डि मारिया

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १३:१९

२१ असार, काठमाडौं । अर्जेन्टाइन मिडफिल्डर एन्जल डि मारिया १३ वर्षपछि वेनफिका फर्केका छन् ।

३५ वर्षीय यी खेलाडी दोस्रो पटक पोर्चुगिज क्लबमा अनुबन्ध भए । उनले यसअघि सन् २००७ देखि २०१० सम्म वेनफिकाका लागि खेलेका थिए ।

वेनफिकाले भिडियो पोष्ट गर्दै डि मारियालाई क्लबमा स्वागत गरेको छ । वेनफिकासँग डि मारियाले एक वर्षका लागि सम्झौता गरेको विभिन्न रिपोर्ट जनाएको छ ।

अर्जेन्टिनाको रोसारियोबाट २००५ मा क्लब करियर थालेका उनी वेनफिकामार्फत पहिलो पटक युरोपियन पुटबलमा प्रवेश गरेका थिए । त्यसपछि रियल मड्रिड पुगेका डि मारिया स्पेनमा २०१४ सम्म खेले ।

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडमा एक सिजन खेलेका उनी सात वर्ष फ्रेन्च क्लब पीएसजीमा बिताएर गत सिजन इटालियन क्लब युभेन्ट्स पुगेका थिए ।

डि मारियाले रियल जानुअघि वेनफिकामा लिग र कप उपाधि जितेका थिए ।

अब डि मारियाले अर्जेन्टिनाइन सहकर्मी तथा वेनफिकाका कप्तान निकोलस ओटामेन्डीसँगै खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?