+
+

नयाँ भर्सनको पल्सर एनएस १६० र २०० नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते २०:५३

नयाँ भर्सनको बजाज पल्सर एनएस १६० र २०० को बिक्री प्रारम्भ भएको छ । बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले यसअघि बुकिङ खुल्ला गरेको अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बिक्री पनि थालेको हो ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा नयाँ विशेषतासहितको अत्याधुनिक बाइकहरु ल्याएर राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने बताउँछन् ।

‘यो हाम्रो प्रतिबद्धता रहने छ, बजाजका यी नयाँ बाइकहरुले पनि सधैं झैं नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भने ।

बजाजले दुवै नयाँ मोटरसाइकलको अगाडि ३३ एमएमको यूएसडी फर्क राखिएको छ । यी मोटरसाइकलमा ब्रेक भने एन २५० बाट लिएको हो । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ । दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील पाउन सकिन्छ ।

बजाज पल्सर एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम १७ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

त्यस्तै, एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । एनएस २००  आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ । जसले सबैको ध्यानाकृष्ट गर्न सक्छ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक हृयान्डलिंग प्रदान गर्ने कम्पनीको दाबी छ ।

यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्छ ।

यी दुबै बाइकमा ३३ एमएमअपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रयर नाइट्रोक्स मोनो सक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसाग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्छन् ।

यसमा रहेको न्यु स्पोर्टि ग्राफिक्सको स्लीक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउाछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्छ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउाछ ।

अगाडि १००/८०-१७ र पछाडि १३०/७०-१७ एमएमको उत्कृष्ट गि्रपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्छ ।

कम्पनीले पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?