+
+

साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १०:४९

२२ असार, कैलाली । कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले साढे २८ किलो गन्धकसहित एक जनालाई पक्राउ गरेको छ ।गन्धक बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ ।

पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको प्रहरीले सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भन्ने पत्ता लागेको छैन । गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?