+
+
फ्राइडे रिलिज :

हलमा लागे हरर र जासूस कथाका फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १२:३९

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म नभएको यो साता एक अमेरिकी र एक भारतीय फिल्म रिलिज भएका हुन् । सुपरन्याचुरल र हरर जनराको फिल्म रुचाउने दर्शकलाई ‘इन्साइडियस : द रेड डोर’ आकर्षक लाग्न सक्छ ।

थ्रिलर र एक्सन रुचाउनेलाई दक्षिण भारतीय फिल्म ‘स्पाइ’ रुचिकर हुन सक्छ । सुपरन्याचुरल र हरर जनरामा राखिएको हलिउड फिल्म ‘इन्साइडियस : द रेड डोर’लाई प्याट्रिक विल्सनले निर्देशन गरेका हुन् । टाय सिम्पकिन्स, प्याट्रिक विल्सन र हिम अब्बासको अभिनय रहेको यो फिल्मको लम्बाइ १०७ मिनेट छ । सन् २०१३ मा रिलिज भएको ‘इन्साइडिस : च्याप्टर २’ को यो नयाँ श्रृंखला हो ।

दोस्रो फिल्म रिलिज भएको १० वर्षपछि जोश ल्याम्बर्ट आफ्नो छोरा डाल्टनलाई विश्वविद्यालयमा छोड्न लाग्छन् । डाल्टनको कलेज सपना एक दुःस्वप्न बन्छ, जब उसको विगतका राक्षस अचानक दुवै बाबुछोरालाई सताउन फर्कन्छन् । दुःखको अन्त्य गर्न र सबै सन्तानको राम्रोका लागि बाबुछोराले पुनः संघर्ष गर्नुपर्छ । पीजी प्रमाणपत्र पाएको यो फिल्मको लम्बाइ १०७ मिनेट छ ।

एक्सन-थ्रिलर जनरामा राखिएको दक्षिण भारतीय फिल्म ‘स्पाइ’ पनि शुक्रबारदेखि रिलिज भएको छ । ग्यारी भा निर्देशित यो फिल्ममा निखिल सिद्धार्थ, ऐश्वर्य मेनन र आर्यन राजेशको शीर्ष भूमिका छ । भारतीय जासूसी निकाय रअका एक एजेन्टले मुलुकलाई आसन्न अराजकता र संकटबाट जोगाउने हतियार व्यापारी र नेताजी सुभासचन्द्र बोसको लुकेका रहस्य र सम्बन्धलाई उजागर गर्छ । यो फिल्मको कथावस्तु यही वरपर घुमेको छ । पीजी प्रमाणपत्र पाएको यो फिल्मको लम्बाइ १३५ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?