+
+

अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १४:०४

२२ असार, काठमाडौं । अप्पर स्याङ्‍गे हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १० असारदेखि १३ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १२ लाख ४७६ आवेदन वटा आवेदनबाट १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३९९ आवेदन रद्द भएको छ भने ११ लाख ९८ हजार ७७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि मात्रै आवेदन माग गरेकोमा माग भन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

जसअनुसार ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका हुन् । अन्य आवेदकले भने सेयर प्राप्त गर्न सकेनन् । कम्पनीले स्याङ्‍गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी १५ फागुन २०७८ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?