+

इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टिमको घोषणा

२०८० असार  २२ गते १९:४३ २०८० असार २२ गते १९:४३
इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टिमको घोषणा

२२ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लाेबल टी-२० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन् ।

यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

इमर्जिङ टिम्स कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय