+
+

कैलालीमा नाली खन्ने क्रममा भेटिएको बिस्फोटक पदार्थ सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:००

२२ असार, धनगढी । कैलालीको घोडाघोडीमा नाली खन्ने क्रममा भेटिएको ग्रिनेट जस्तो देखिने बिस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको छ ।

शुक्रबार दिउँसो घोडाघोडी नगरपालिका-१ को सुखडस्थित इलाका प्रहरी कार्यालय पछाडी नाली खन्ने क्रममा भेटिएको वस्तु सेनाले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) काली रक्षा गण बडैपुरको बम डिस्पोजल टोलीले उक्त बिस्फोटक पदार्थ निष्क्रिय पारेको जानकारी दिए ।

उनकाअनुसार उक्त बिस्फोटक पदार्थ धेरै अगाडि जमिनमुनि पुरिएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?