+
+

सांसदले पोर्न हेरेको विषयलाई लिएर भारतको त्रिपुरा विधानसभामा हंगामा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:०५

२२ असार, काठमाडौं । भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा  पोर्न भिडियो हेरेको विषयलाई उठाए ।

विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे ।

उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका थिए । तर विधानसभा अध्यक्ष विश्वबन्धु सेनले उनलाई प्रस्ताव ल्याउन समय दिएनन् ।

विधानसभा अध्यक्षले  वित्त मन्त्री प्रणजीत सिंघा रोयलाई चालु वित्त वर्षका लागि राज्यको बजट पेश गर्न अनुमति दिए ।

त्यसपछि संसदमा हंगामा सुरु भयो । बीजेपी विधायक नाथमाथि कारबाहीको माग गर्दै विपक्षीले नाराबाजी गरे ।

त्यसपछि विधानसभा अध्यक्ष सेनले बजेटको कारबाही चलिरहेको बेला गडबडी गरेको आरोपमा ५ जना सांसदलाई दिनभरका लागि निलम्बन गरे । त्यसको विरोधमा विपक्षी पार्टीका सबै सांसदले बैठक बहिष्कार गरे ।

गत मार्चमा विधान सभामा बीजेपी सांसद नाथ आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परेका थिए । जसलाई लिएर विपक्षी सांसदलले दुराचार मुद्दामा छलफल गर्नु पर्ने माग राखेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सदन बहिष्कार गरेपछि विपक्षी दल टिपरा मोथाका विधायक देब बर्माले पत्रकारसँग भने,  ‘पछिल्लो सत्रमा बीजेपी विधायक सदनको काम कारबाही चलिरहेको बेला मोबाइलमा अश्लिल भिडियो हेरिरहेका थिए, विधायकको काम त सदनमा जनताको समस्या उठाउनु हो नि ।’

उनले सदनमा शर्मनाक काम गरेका कारण उनीमाथि कारबाही हुनु पर्ने आफूहरुको माग रहेको बर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?