+
+

अमेरिकामा नेपाली व्यवसायी संगठित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते ९:४०

२३ असार, काठमाडौं । अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् ।

व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् ।

प्रदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।

सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन्द्र जिसी, डा विनोद शाह, नवीन शेरचन, नवराज केसी, पासाङ नुरु शेर्पा र जंगबहादुर बम छन् ।

अमेरिकामा नेपाली मुलका व्यवसायीहरूलाई एकजुट बनाउँदै व्यबसायहीहरुको हक र हितका लागि संस्था स्थापना गरिएको सस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

तदर्थ समितिले तीन महिनाभित्र सदस्यता वितरण गरेर अधिवेशन गर्नेगर्ने अभियान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?