+
+

रविन तामाङको शव भोलि बिहान ८ बजे श्रद्धाञ्जलीका लागि राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १६:४९

काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आइतबार बिहान राखिने भएको छ ।

आइतबार बिहान ८ देखि साढे १० बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने गायिका अभया सुब्बाले जानकारी दिएकी छन् ।

त्यसपछि अन्तिम संस्कारको लागि १२ बजे शोभाभगवतीमा लैजाने तयारी छ । तामाङ परम्पराअनुसार दाहसंस्कार गर्ने जनाइएको छ । फ्रान्समा रहेका रविनका दुई छोरी पनि काठमाडौं आइपुगेका छन् ।

चर्चित रक गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?