+
+

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर २ दाजुभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:०२

२४ असार, जनकपुरधाम । सर्लाहीमा एकै परिवारका दुई दाजुभाइको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका -४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिइ घरबाट खेल्न निस्केका थिए । साँझसम्म घर नफर्किंदा घरपरिवारले खोजबिन सुरु गरेका थिए ।

खोजतलास गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा दाजुभाइ फेला परेका हुन् ।

दुवै दाजुभाइलाई डुबेको अवस्थामा फेला पारेर प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?