+
+

भारतमा ‘ओपेनहेइमर’ क्रेज : हलले राखे बिहान ३ बजेको शो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:३७

काठमाडौं । हलिउडका लागि अंग्रेजी महिना जुलाई निकै रोचक हुनेवाला छ । यो महिनामा टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’, क्रिस्टोफर नोलन निर्देशित ‘ओपनहेइमर’ र ‘बार्बी’जस्ता ठूला फिल्म प्रदर्शन तयारीमा छन् । पक्कै पनि यो खबरले फ्यानलाई उत्साहित तुल्याउने भइहाल्यो ।

आगामी शुक्रबार ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखला प्रदर्शनको तयारीमा छ । साउन ५ गते नोलनको ‘ओपनहेइमर’ र ‘बार्बी’बीच एकै मितिमा प्रतिस्पर्धा हुँदैछ । भारतीय बक्स अफिसमा यी ठूला फिल्मको अग्रिम बुकिङ सुरु भइसकेको छ । यस्तोमा केही हलले शो पनि प्रकाशित गर्न थालेका छन् ।

भारतमा ‘ओपेनहाइमर’को टिकट बिक्री उत्साहजनक छ । प्रदर्शन स्रोतले बलिउड हंगामासँग भन्यो, ‘हामी सबैलाई थाहा थियो कि फिल्म दर्शकको एक वर्ग ओपेनहाइमर हेर्न उत्साहित छ । तर कसैले पनि सोचेको छैन कि टिकट हटकेकजस्तै बिक्री हुनेछ । त्यो पनि रिलिजको दुई साताअघि नै ।’

बलिउडका एक व्यापार विश्लेषकले भनेका छन्, ‘चाखलाग्दो कुरा के छ भने हलिउड फिल्मको कुरा गर्दा अहिलेसम्म परिवारमैत्री मार्भल सुपरहिरो फिल्म र अवतार : द वे अफ वाटरमा मात्र १२ एएम र ३ एएम, ४ एएम र ५ एएमका राखिएका थिए । ‘ओपेनहाइमर’ कुनै पनि फ्रेन्चाइजी वा सिनेम्याटिक ब्रह्माण्डसँग सम्बन्धित छैन । यो वयस्क प्रमाणपत्र पाएको फिल्म समेत हो । यो फिल्मले दर्शकको एक भागमा क्रिस्टोफर नोलनको लागि क्रेज देखाउँदछ ।’

रिपोर्टका अनुसार ‘ओपेनहाइमर’ले भारतमा तीनवटा राष्ट्रिय चेनको पहिलो दिनमा १४ हजार टिकट बिक्री गरेको छ, त्यो पनि आइम्याक्समा मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?